हेटौंडा । हेटौंडा १६ मा रहेको जनप्रिय माध्यमिक विद्यालयमा गणित विषय शिक्षणका लागि गणित प्रयोगशालाको उदघाटन गरिएको छ ।
गणित विषय विभागका शिक्षक तथा विद्यार्थी स्वयमको सक्रियतामा निर्माण गरिएको प्रयोगशालाको मंगलबार हेटौंडा १६ का वडाअध्यक्ष रामकृष्ण कोइरालाले उदघाटन गरेका हुन् ।

उदघाटन सँगै प्रयोगमा आएको प्रयोगशालामा अंकगणित, विजगणित तथा ज्यामितीय धारणा बसाउन प्रयोग हुने सामग्री र बालबालिकाका अन्य रचनात्मक सामग्री समेत राखिएको छ ।

विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण प्रसाद पनेरुको अध्यक्षतामा भएको उदघाटन समारोहमा रोटरी क्लव मकवानपुरका अध्यक्ष रामप्रसाद शर्मा शिक्षक अभिभावक संघ का सदस्य बुद्धप्रसाद दाहाल प्रधानाध्यापक नवरज अर्याल, सहायक प्रप्रधानाध्यापक रामआशिष मण्डल,समाजसेवी धीरज कार्की, हटिया जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विजय नेपाल,शिक्षकहरु लक्ष्मी श्रेष्ठ, रविन श्रेष्ठ, कल्याणकृष्ण प्याकुरेल, सम्प्रस पौडेल,उमा श्रेष्ठ, अभिनन्द सुब्बा,युक्तलाल विश्वकर्मा, सुनिल गौतम लगायतको उपस्थिती रहेको थियो ।