हेटौंडा । हेटौंडा–६ चौघडा घर भै हाल अमेरिकामा बसोबास गर्दै आएका आकाश चौलागाईको २४ औं जन्मदिन हेटौंडा–२ मा रहेको ओम वृद्धाश्रममा मनाइएको छ ।

आकाशका बाबु पूर्णभद्र चौलागाई र आमा रंजिता भेटवालले आफ्नो जेठो छोराको जन्मदिनको अवसरमा ओम वृद्धाश्रमलाई नगद १० हजार १५५ र एउटा वाल फाईन सहयोग गरेर मनाएका हुन ।

कार्यक्रममा हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपाने र वृद्धाश्रममा अध्यक्ष सिद्धिलाल श्रेष्ठको उपस्थितिमा चौलागाई परिवारले नगद र फाईन हस्तान्तरण गरेका थिए । छोराको जन्मदिन ओमवृद्धाश्रममा रहेका वृद्धबृद्धाहरुसँग मनाउन पाउदा आफू सन्तुष्ट भएको बुवा पूर्णभद्र चौलागाईले बताए । भविष्यमा समेत वृद्धश्रमलाई सहयोग गर्ने चौलागाईले बताए ।