हेटौँडा । हेटौँडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आज आइतवारदेखि वन व्यवस्थापन गर्ने कार्य सुरु गरेको छ ।

समूहको चालू आव ०८१-०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वन व्यवस्थापन  कार्य सुरु गरिएको हो ।

समूहले ब्लक नं १ को १५ हेक्टर क्षेत्रफलमा वन व्यवस्थापन गरी ४ सय घरधुरीलाई दाउरा वितरण  गरिने समूहका उपाध्यक्ष एवम् वन व्यवस्थापन  उपसमितिका संयोजक केशव धितालले जानकारी दिए । समूहले प्रत्येक वर्ष वन व्यवस्थापन  गर्दै आएको  छ ।