हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर २ बाट नेकपा एमालेले विजयी सुरुवात गरेको छ ।

जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार काशीराम बज्यु विजयी भएका हुन् । उनले ७४४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका समाजवादीका कर्णबहादुर पाख्रिनले ७ सय ३ मत प्राप्त गरे ।

मकवानपुरमा हालसम्म ५ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले ३ वडामा कांग्रेस र माओवादी केन्द्र र एमालेले एक एक वडा जितेका छन् ।