हेटौडा । हेटौडा–६ चौघडामा बुद्ध जयन्ती मनाईएको छ । २५६६ औं बुद्ध जयन्तीको अवसरमा नेपाल तामाङ घेदुङ संघ, हेटौडा–६ ले र् याली सहित बुद्ध जयन्ती मनाएको हो ।
हेटौडा–६ रक्षादेवी टोल बाट निस्केको र् यालीले चौघडा बजार पुगेर कार्यक्रम गरेको थियो । बौद्ध गुरु ज्ञानरत्न लामाको प्रमुख आतिथ्यता एवम संघकी अध्यक्ष तिलकमाया रुम्बाको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा रक्षादेवी टोल विकास संस्थाका अध्यक्ष रमेश कुृमार बानियाँ, रक्षादेवी आमा समूहकी अध्यक्ष निर्मला कोईराला, संघका उपाध्यक्ष सुमन मुक्तान, रक्षादेवी टोल विकास संस्थाका सचिव राजकुमार फुयाँल, सञ्चारकर्मी भीमसेन पौडेल, रानी सामुदायिक वनकी सचिव नानीमाया रुम्वा लगायतको सहभागिता रहेको थियो ।
संघले पहिलो पटक चौघडा क्षेत्रमा बुद्ध जयन्तीको अवसरमा कार्यक्रम गरेको बताइएको छ ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्