हेटौंडा । हेटौंडामा गएराती बसको ठक्करबाट अटो चालकको मृत्यु भएको छ भने सवार एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा अटो चालक बाराको रतनपुर घर भएका अन्दाजी २६ बर्षीय मिलन सुनार रहेका छन् । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा सोमबार बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा अटोमा सवार हेटौडा उपमहानगरपालिका १२ का अन्दाजी ३५ बर्षिय सुवास सुनार रहेका छन् । उनको हेटौडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आज बिहान २ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटे नजिक हेटौंडाबाट पतलैया जाँदै गरेको प्रदेश२–०३–००१ ख ०२४२ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ना२अ ६४ नम्बरको अटोलाई ठक्कर दिँदा सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भिर घाईते भएका सुनारको हेटौंडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरि,अटोमा सवार हेटौंडा–१२ का ३५ वर्षीय सुवास सुनार घाईते भएको र उनको उपचार भईरहेको छ । अटोलाई ठक्कर दिने बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।