काठमाडौँ । शेयर बजार आज फेरि घटेको छ । हिजो केही उचालिएको बजार पुनः घटेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३१.२१ अंकले घटेको हो । १.६२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८९३.५३ अंकमा घटेको छ ।
आज २२९ कम्पनीका ३० लाख ३४ हजार ४ सय ८३ कित्ता शेयर किनबेच हुँदा ८४ करोड ३७ लाख ७३ हजार ४ सय ५९ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार घटेको दिन सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १५५.२२ अंकले घटेको हो ।
समग्रमा बजार घटे पनि ग्लोबल आइएमई समुन्नत स्कीम–१ र आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । त्यस्तै यूनाइटेड इदी मर्दी हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी ६.४८ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज नबिल बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ३ करोड ३९ लाख ६६ हजार ५ सय ४८.६० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।
साताको पहिलो दिन आइतबार ३७.२७ अंकले बजार घट्दा १ अर्ब १३ करोड ४० लाख ९१ हजार २ सय ९२ रुपियाँ, सोमबार ४९.३१ अंकले बजार तल झर्दा १ अर्ब ७५ करोड ६ लाख १ सय ७१ रुपियाँ र हिजो मंगलबार भने ३७.४९ अंकले बजार बढ्दा १ अर्ब २३ करोड ८५ लाख १८ हजार २ सय १ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।
















प्रतिक्रिया दिनुहोस्