हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नं. ६ को स्वास्थ्य चौकी चौघडाले चारजना स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । हेटौँडा उपमहानगरपालिका उप प्रमुख राजेश कुमार बानियाँ, ६ नं. वडा अध्यक्ष विष्णु दहाल लगायतकाले संयुक्त रुपमा साइकल वितरण गरे ।
नगरवासीको स्वास्थ्यप्रति नगरपालिका सदैव सचेत रहेको बताउँदै उहाँले स्वास्थ्य बिमालाई लक्षित वर्गको लागि उपयोग गर्ने बताए । उपप्रमुख बानियाँले हरेक नागरिकले समय समयमा स्वास्थ्य जाँच गराउनु पर्नेमा जोड दिए ।
६ नं. वडा कार्यालयले जनता स्वास्थ्य घरदैलो तथा योजना तर्जुमा गोष्ठी कार्यक्रमअन्तगर्त वडाभित्र रहेका स्वयंसेविकाहरुलाई प्रोत्साहनस्वरुप साइकल वितरण गरेको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका रेखा मैनालीले जानकारी दिइन ।












प्रतिक्रिया दिनुहोस्