हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा पछिल्लो समय चोरीका घट्ना बढेका छन । हेटौंडामा केही सातादेखि मोवाईल, बाइक तथा ब्याट्री चोरीको घट्ना बढेको हो । पार्किङ स्थलबाटै बाइक चोरी हुनेदेखि घरमा राखिएको मयुरीको ब्याट्री समेत गायव हुन थालेको छ ।
दुई साताको अवधिमा हेटौंडाबाट ११ वटा बिद्युतीय रिक्सा मयुरीको ब्याट्री चोरी भएको हो । एउटा मयुरीमा चारवटा ब्याट्री लाग्छ, ११ वटा मयुरीको ४४ ब्याट्री चोरी भईसकेको छ । प्रत्येक ब्याट्रीको २२ हजार ५ सय अर्थात हाल सम्म करि ९ लाख ९० हजार बराबरको मयुरीको ब्याट्री चोरी भएको अखिल नेपाल बिद्युतीय तथा अटो रिक्सा श्रमिक संघका उपाध्यक्ष बलराम प्रसाद पौडेलले जानकारी दिए ।
पीडितहरुले मयुरीको ब्याट्री चोरी भएपछि खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका थिए । मयुरीको ब्याट्री राती ११ बजेदेखि बिहान ६ बजेको दौरानमा हराएको पीडितहरुको भनाई छ । डेरा अगाडि र चार्जमा राखेकै स्थानबाट मयुरीको ब्याट्री चोरी भएको थियो ।
हेटौंडा ५ भैरवरोडबाट आविर हुसेन, हेटौंडा ५ राधाकृष्ण मन्दिर अगाडिबाट सुर्दशन बजगाई, हेटौंडा ५ पिप्ले जर्घा टोलबाट विकास श्रेष्ठ, हेटौंडा २ संगमचोकबाट भीमप्रसाद बजगाई, साईली स्याङतान, मानसचोक जिम हल अगाडिबाट बाबुराम सापकोटा, हेटौंडा २ मन्दिर पछाडिबाट भुलुन महरा, प्रेमलाल महराको चार्जमा राखेको मयुरीको ब्याट्री चोरी भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका थिए ।
त्यस्तै आज जिल्ला प्रहरी कार्यालय अगाडि र चौकीटोलबाट चोरी भएको हो । पार्किङ तथा चार्जमा घरमै राखिएको अवस्थामा मयुरीको ब्याट्री चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालय अगाडिबाटै भीमलाल जोशीको र चौकीटोलबाट रोशन दासको मयुरीको ब्याट्री चोरी भएको हो ।
मयुरीको ब्याट्री चोरी बढेपछि प्रहरीमा निवेदन दिदा पनि खोजतलासका लागि प्रहरीले चासो नदेखाएको पीडितको आरोप छ ।
यता जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरी गर्नेको खोजी भईरहेको बताएको छ । पछिल्लो समय बढेको चोरी नियन्त्रण गर्न प्रहरीले टोली खटाएर काम गरिरहेको जनाएको छ ।
हेटौंडा बजारका अधिकांश सिसीटिभी चल्दैन
प्रदेशको राजधानी हेटौंडामा रहेको अधिकांश सिसीटिभी चल्दैनन् । यहाँ रहेका अधिकांश सिसीटिभी काम नगर्ने भएका छन । हेटौंडा बजार क्षेत्रमा जडान गरिएका अधिकांश सिसीटिभी क्यामरा बिग्रिएका छन् । सिसीटिभी मर्मत भएका छैनन् । सिसीटिभी सञ्चालन नहुँदा आपराधिक घटना भइहाले अपराधीलाई चाँडो पक्राउ गर्न र जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउन प्रहरीलाई समस्या भएको छ । हेटौंडामा चोरीका घट्नाहरु बढीरहेको अवस्थामा अधिकांश सिसीटिभी क्यामरा बिग्रेका कारण अपराधी पक्राउ गर्न प्रहरी चुकेको छ ।












प्रतिक्रिया दिनुहोस्