हेटौँडा । वन वातावरणको क्षेत्रमा सक्रिय संस्था ग्रीन फाउण्डेशन नेपाल (जिएफएन) ले अन्तराष्ट्रिय मानकिकरण (आइएसओ)को प्रमाणपत्र लिने तयारीमा जुटेको छ ।
संस्थाका अध्यक्ष घनश्याम पाण्डेको अनुसार संस्थाले गर्दै आएको कामलाई थप स्तरिय बनाउँदै वातावरण्ीाय मापदण्डलाई गुणस्तरिय रुपमा काम गर्नको लागि संस्थाले उक्त प्रमाणपत्र हासिल गर्न लागेको हो । नेपालनमा आईएसओ प्रमाणपत्र लिने दोस्रो संस्थाको रुपमा ग्रीन फाउण्डेशनले पहल गरेको छ ।
अध्यक्ष पाण्डेले लक्षित समुह एबम् लाभग्राहीलाई प्र्रभाबकारी सेवा दिन र संस्थागत ब्यबस्थापनलाई सुदृढ गर्नको लागि आईएसओको प्रमाणपत्र लिनसक्ने वातावरण तयार पारिरहेको जनाए । उनले भने,–“हामीले उक्त प्रमाणपत्र लिने सक्नेगरी गुणस्तरिय संस्था निर्माणको लागि संचालक समितिको साथै कर्मचारीलाई पनि तालिम दिएका छौं, यसले हामीलाई पारदर्शी र ब्यबस्थित बनाउन मद्दत मिल्नुको साथै ब्यबस्थित र सुदृढ संस्था भएमा प्रदान गरिने सेवा पनि गुणस्तरिय हुने हो भन्ने हाम्रो मान्यता रहेको छ ।”
उनी थप्छन “हामीले संस्थागतरुपमा नै ब्यबस्थापनको नयाँ मोडालिटी ल्याउन चाहेको हौं, यसको लागि कार्यगत एकरुपता, वातावरणिय अबस्थामा सुधारको साथै स्वस्थ र समुन्नत लक्षित समुदायको परिकल्पना गरेर कार्य गरिरहेका छौं ।” उहाँले सरकारले उक्त प्रमाणपत्र लिनको लागि अनिवार्यता नगरेको भएपनि संस्थालाई गुणस्तरिय बनाउनको लागि उक्त कार्य गरेको बताए ।
जलबायु परिबर्तको असर कम गराउने प्रयासको लागि पनि संस्थाले आफुलाई नयाँ मोडालिटीमा लैजान लागेको अध्यक्ष पाण्डेको भनाई छ । संस्थाले आफ्नो संस्थालाई पुर्णरुपमा अन्तराष्ट्रिय र वातावरणिय मापदण्ड अनुसार संचालन गर्नको लागि संचालक समिति सदस्यहरु, कर्मचारीको साथै सहयोगी संस्थाहरुलाई समेत उक्त मापदण्ड पालना गराउने प्राबधान सिकाईको लागि दुई दिवसिय तालिम समेत प्रदान गरेको छ ।
तालिममा सहभागी भएपछी आर्थिक पारदर्शिता र ब्यबस्थापन पक्षलाई अझ ब्यस्थित बनाउन मदत पुग्ने संस्थाकी सहायक लेखा अधिकृत गंगा अधिकारीले बताएन् । त्यस्तैगरि संस्थाले संचालन एबम् प्रबद्र्धन गरिरहेको वनमा आधारित उद्यमहरुलाई दिगोपना दिन पनि यस तालिमले मदत मिल्ने उद्योग हेर्ने कर्मचारी बासुदेब घिमिरेको भनाई रहेको छ ।
अध्यक्ष पाण्डेले संस्थाले वनमा आधारित उद्यम विकास गरेर वन संरक्षणमा लागेको समुदायलाई समृद्ध बनाउने अभियान स्वरुप ४० वटा वन उद्यम प्रबद्र्धन गरिरहेको जानकारी दिए । संस्थाले केही बर्ष अगाडीसम्म वनमा आधारित जिवन बिताइरहेका बनकरिया समुदायलाई उद्यमी बनाउनको लागि बनकरिया समुदायले संचालन गरिरहेको साबुन उद्योगको प्रबद्र्धनमा जोड दिएको बताए । उनको अनुसार संस्थाले हाल वनमा आधारित उद्यमलाई प्रबद्र्धन गर्दै राष्ट्रिय रुपमा बजारिकरण गरिरहेको छ । काठमांडौमा केन्द्रिय कार्यालय रहेको संस्थाले पाँच वटा जिल्लाहरुमा संस्थाको शाखा बिस्तार गर्नुको साथै उक्त जिल्लाहरुमा वनमा आधारित उद्यमहरुलाई संचालन गराउने र प्रबद्र्धन गराउने कार्य गरिरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्