हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुले कृषिलाई प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता जनाएका छन । उनीहरुले प्रबिधिमैत्री कृषि, स्वरोजगार मुखी कार्यक्रम, युवा लक्षित कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएका हुन ।
मकवानपुर जिल्लाकै सबैभन्दा बढी मतदाता रहेको बकैया गाउँपालिकामा गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका धर्मराज लामिछाने र माओवादीका तर्फबाट उपाध्यक्षमा भक्तबहादुर खत्रीले उम्मेदवारी दिएका छन । अध्यक्षका उम्मेदवार लामिछाने र उपाध्यक्षका उम्मेदवार खत्री अहिले घरदैलो अभियानमा व्यस्त छन भने गठबन्धनको प्रतिवद्धता सहित घरदैलो अभियानका लागि जनजनको घरमा पुगेका छन ।
गठबन्धनका तर्फबाट अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएका दुबै जनाले बकैयामा गठबन्धनले फराकिलो मत अन्तरले जित्नेमा ढुक्क रहेको बताएका छन । अनिरुद्र खबर संग कुराकानी गर्दै गठबन्धनका उम्मेदवारले बकैयामा गठबन्धनको जित पक्का रहेको र काँग्रेसले माओवादी र माओवदीले काँग्रेसलाई सहयोग गर्न कुनै कसर नराखी गठबन्धका उम्मेदवारलाई जिताउने प्रतिवद्धता जनाएका छन । उनीहरुले बकैयाका जनताको समस्या समाधान, जिवनस्तरमा सुधार र आयआर्जन संग जोड्न कुनै कसर बाँकी नराखी बकैयाको विकास गर्ने बताए ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बकैया गाउँपालिकामा गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार धर्म लामिछानेले पालिकामा उत्पादनशील कार्ययोजना ल्याउने र कृषिलाई पहिलो प्राथमिकतामा दिने बताए । पालिकामा ९० प्रतिशत कृषकहरु भएकाले कृषिललाई प्रविधिकरण गरी नयाँ प्रणालीअनुसार किसानलाई अगाडि बढाउन प्रोत्साहन गने, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, बाटोलाई प्रभावकारी बनाउँदै जाने प्रतिवद्धता जनाए ।
गाउँमा बाँझो जग्गा राखेर मानिसहरु वैदेशिक रोजगारीमा पलायन हुने भएकाले त्यस समस्यालाई रोक्न अन्य खाडी मुलुकमा हुनेजति कमाई कृषि क्षेत्रबाट पनि गर्न सकिने भएकाले कृषिलाई प्राथमिकतामा राख्ने, युवालाई कृषिमा जोडेर स्वदेशै रोजगारीको व्यवस्था मिलाउने, कृषिलाई प्रबिधि मैत्री, सबै प्रकारको भूमिगत तथा लिफ्ट सिंचाईको व्यवस्था गर्ने, सबै टोलमा बाटो पुर्याउने, बत्तिको व्यवस्था, शुद्ध खानेपानीको व्यवस्था मिलाउने उनले बताए । टुहुरा बालबालिकाहरुको शिक्षा सहितको व्यवस्था पन गर्ने, लागूपदार्थ नियन्त्रण, भ्रष्टाचार नियन्त्रण र समग्र पालिकाको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।
त्यस्तै गठबन्धनका तर्फबाट बकैया गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवार भक्त बहादुर खत्रीले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन । उनले पालिकाको समग्र कृषि पर्यटन क्षेत्रलाई पहिलो प्राथमितामा राखेर कृषकका मुद्धालाई सम्बोध गर्ने बताए । उनले कृषिमा योजनावद्ध ढंगले आयआर्जन बृद्धि विकास गरिने बताए ।
अनिरुद्र खबर संग कुराकानी गर्दै उनले बकैया गाउँपालिका भित्रका हरेक बिकटतालाई सुगम संग निकट बनाउने, यस गाउँपालिका भित्र रहेका स्रोत र साधनको समुचित पहिचान गरि त्यसको दिगो व्यवस्थापन गरि आय आर्जन, विकास निर्माणमा जोड्ने लक्ष्य, गरिबीको पहिचान गरि मापदण्ड बनाई स्तरीकरण गर्ने र गरिबी निवारण गर्ने, गरिब बिपिन्न बर्गहरुको पहिचान गरि जेहेन्दार, गरिबहरुको शिक्षा, स्वास्थ्यको निमित्त व्यवस्था मिलाउने, बकैया गाउँपालिकाको अव्यवस्थित बसोवास, बर्षौदेखिको भोग चलन गरिएका खेतबारी जग्गा धनीको स्वामित्वको निमित्त नियमसंगत ढंगले लडाई लडि हकहित स्थापना गर्ने, विकासको मोडल तीन तहमा बर्गीकरण गरिनेछ, दीर्घकालीन योजना, मध्यकालीन योजना र अल्पकालीन योजना तर्जुमा गरि कार्यान्वयन गर्ने योजना रहेको बताए ।
त्यस्तै स्थानीय तहको भद्रगोलतालाई दृष्टिगत गरि जनतालाई दिनपर्ने सुबिधा सस्तो, सुलभ गरिने, बकैया गाउँपालिका उर्वरभूमि नदिकटानको दीर्घकालीन योजना बनाई नदि नियन्त्रण गर्ने र जनताको जिउधनको सुरक्षा गर्ने, जनतालाई आय आर्जन बृद्धि विकास गर्ने लगायत बजारिकरणको व्यवस्थागर्ने र उत्पादनमा बृद्धि गर्ने, नदिजन्य पदार्थ र वन पैदावारको संरक्षण, सम्बद्र्धन र उपभोग गरि आयआर्जन बृद्धि विकास गर्ने उनको योजना छ ।
को हुन, भक्त बहादुर खत्री ?
सामाजिक, व्यवसायीक र राजनीतिक क्षेत्रमा सक्रिय व्यक्ति हुन, मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ४ छतिवन तामाखोलाका भक्त बहादुर खत्री । उनी बकैया गाउँपालिकामा आम जनताले रुचाएका व्यक्ति पनि हुन ।
उमेरले ५३ बर्ष पुगेका खत्रीले एसएलसी सम्मको औपचारिक शिक्षा प्राप्त गरेका छन । ३ छोरा, १ श्रीमति सहित खुसीयाली पारिवारीक जिवन व्यतित गरिरहेका खत्रीले आफ्नो कर्मबाट आर्जन गरेको पैसाले छोराछोरीलाई उच्च शिक्षा मात्रै नभई आफैं स्वरोजगार बन्नु पर्छ भन्ने ज्ञान समेत दिएका छन । उनले ५० बढीलाइ रोजगारी पनि दिएका छन ।
२०४७ सालदेखि २०६० साल सम्म राष्ट्रिय प्रजातन्त्र पार्टीको बिभिन्न पदमा रहेर काम गरेका खत्री २०६० सालपछि माओवादीमा प्रवेश गरेका थिए । समानुपातिक समावेशी, धर्म निरपेक्षता, गणतन्त्रको स्थापना, बिभेदको अन्त्यका लागि लडाइ लडेको, महिला, दलित र पछाडि पारिएका वर्गको उत्थानमा माओवादी लागेकाले उनले माओवादीको बिचार, सिद्धान्त मन पराएर उनी माओवादीमा प्रवेश गरेका थिए । उनी सुरुवाती समयमा माओवादीको गाउँकमिटीमा रहेर काम गरे । पार्टीले उनको सक्रियतालाई मुल्याङकन गरेर बकैया गाउँ कमिटी अध्यक्षको जिम्मा पनि दियो । उनी अघिल्लो स्थानीय चुनावमा तत्कालिन नेकपा माओवादीबाट बकैया गाउँपालिका अध्यक्ष पदमा झिनो मतान्तरले पराजित भएका थिए ।
करिव एक दर्जन सामाजिक संघसंस्थामा सक्रिय भक्तबहादुर खत्री समाजका लागि काम गर्न मरिहत्ते गर्ने एक व्यक्ति पनि हुन । उनले १२ बर्ष बर्मा ठाकुर सामुदायिक वन उपभोक्ता समुह छतिवनको अध्यक्ष, ८ बर्ष सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको कोषाध्यक्ष, २०५० सालमा नेपाल रेडक्रस सोसाइटीमा सदस्य तथा कोषाध्यक्ष पदमा रहेर सक्रिय काम गरेका थिए । त्यस्तै उनी ८ बर्ष महेन्द्र उमावि छतिवनको बिद्यालय व्यवस्थापन समतिको अध्यक्ष पदमा आवद्ध रहेर काम गरे । उनकै पालमा महेन्द्र उमावि भएको थियो । खत्री जनछहारी सहकारीमा ऋण समितिका संयोजक पनि हुन । उनी २०५० सालको बाढीपीडित र २०७२ सालको भूकम्प पीडितको उद्दार र सहयोग कार्यमा सक्रिय भूमिका निभाउने सामाजिक क्षेत्रका क्रियाशिल व्यक्ति हुन ।












प्रतिक्रिया दिनुहोस्