हेटौंडा । युवालाई कृषिमा आकर्षित गर्नका लागि मकवानपुरको बकैया गाउँपालिकामा दुई दिने कृषि उद्यमशीलता बिकाससम्बन्धी अभिमूखीकरण तालिम सुरु भएको छ ।

तालिममा प्रत्येक वडाबाट कम्तिमा १० जना कृषक सहभागी रहने गरी तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा उद्यमशीलता र कृषि व्यवसाय बारेमा बलराम श्रेष्ठ, कृषि क्षेत्रका चुनौती र सम्भावनाका बारेमा बिबेक थापा आयुमी, बित्तिय ब्यबस्थापनका बारेमा रघुनाथ न्यौपानेको प्रस्तुती रहने प्रस्तावित बकैया जेसिसका अध्यक्ष रमेश फुयाँलले बताए ।

तालिम कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पुडासैनी, बकैया गाउँपालिकाका वडा अध्यक्षहरु, कृषि बिकास बैक प्रदेश कार्यालयका रघुनाथ न्यौपाने र नुर प्रसाद गौतम लगायतकाको सहभागिता रहेको थियो ।