हेटौंडा । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन मकवानपुरले किसानका समस्या सम्बोधनको माग गर्दै ९ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
आज कृषि तथा पशुपन्छि मन्त्रालय बागमती प्रदेश हेटौंडामा ज्ञापन पत्र बुझाईएको हो । राष्ट्रिय प्रजातान्त्रिक किसानको केन्द्रीय निर्देशन अनुसार देशभरका किसानको मागलाई सम्बोधन गर्न ज्ञापनपत्र बुझाइएको मकवानपुर अध्यक्ष बिदुर प्रसाद चौलागाईले बताए ।
९ बँदे ज्ञापनपत्रमा मल, बिउ, बिजन समयमा उपलब्ध गराउन, दुधजन्य पदार्थको मुल्य समायोजन, बाहिरी देशबाट आउने तरकारी तथा फलफुल रोक लगाई स्वदेशकै उत्पादनलाई प्राथमिकता र आत्म निभर हुने व्यवस्था मिलाउन माग गरिएको छ ।
त्यस्तै ज्ञापन पत्रमा माटो परिक्षणको व्यवस्था, ठाउँ अनुसार तरकारी, फलफुल तथा नगदे बालिलाई प्रोत्साहन गर्ने व्यवस्था, कृषकको उत्पादन बजार व्यवस्था गर्ने, कृषि उत्पादनको पकेट क्षेत्रको व्यवस्था गर्ने, किसान परिचय कार्ड र राज्यबाट प्रदान गरिने अनुदान बास्तविक किसानले पाउनुपर्ने माग गरिएको छ ।


















प्रतिक्रिया दिनुहोस्