हेटौंडा । हेटौंडामा प्रतिबन्धित मङ्गुर माछा जफत गरी नष्ट गरिएको छ । हेटौंडास्थित सशस्त्र प्रहरी बल १४ नम्बर गणले एक क्वीन्टल माछा बरामद गरी नष्ट गरेको हो ।

चुरियामाई ईलाका सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वाटरका सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेश श्रेष्ठका अनुसार पुर्वपश्चिम राजमार्ग अन्तर्गत काँकडाभिट्टादेखि हेटौंडा आउँदै गरेको ना ५ ख ५७६१ नम्बरको बसबाट शुक्रबार बिहान उक्त माछाहरु बरामद गरिएको थियो ।

स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र हेटौंडाका प्रतिनिधि लगायतको रोहवरमा खाल्डो खनेर माछा नष्ट गरिएको श्रेष्ठले बताए । मङ्गुर माछा सेवनका कारण क्यान्सर हुने प्रवल सम्भावना देखिएपछि सो माछालाई नेपाल सरकारले विक्री वितरण प्रतिवन्ध लगाएको छ ।